Saturday, 28, November, 2020

एनआरएनएको अध्यक्षमा पन्त विजयी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी भएका हुन् ।

मतगणना सकिए पनि मतपरिणाम भने औपचारिक रूपमा घोषणा हुन बाँकी छ ।

गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् सन् १९९९ देखि जर्मनीमा व्यवसायरत् रहेका छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए ।

उपाध्यक्षमा मिश्रित परिणाम आएको छ । उपाध्यक्षका लागि भएको निर्वाचनमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् ।

महासचिवमा डा। हेमराज शर्माले जितेका छन् । त्यस्तै, सचिवमा गौरी जोशी, र आरके शर्मा विजयी भए । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः महेश श्रेष्ठ र लोक दाहाल चयन भएका छन् ।