Saturday, 28, November, 2020

विप्लवका दाजु सहित २१ नेता दाङबाट पक्राउ

३० असोज, काठमाडौं । नेपाल प्रहरीले दाङमा विप्लवका दाजु चन्द्रबहादुर चन्द सहित २१ नेता दाङबाट पक्राउ गरेको छ ।

पक्राउ पर्ने चन्द विप्लव समूह मध्यपश्चिम ब्युरो कमाण्डर रहेको खुलेको छ ।

प्रदेश नं ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले समूहको राप्ती ब्युरो बैठकमा छापा हानेको थियो ।

यसैगरी त्यहाँबाट महत्वपूर्ण दस्तावेजसहित २१ जना नेतालाई पक्राउ गरिएको प्रदेश प्रहरीका प्रवक्ता डीएसपी नवराज पोखरेलले बताएका छन् ।

अहिले पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइँदैछ ।