Wednesday, 25, November, 2020

शाइन रेसुङ्गा बैंकको एकीकृत कारोबार शुरु

२७ असोज । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा पूर्णिमा विकास बैंक र भार्गव विकास बैंक गाभिएर बनेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एकीकृत कारोवार सोमबारबाट शुरु भएको छ ।

शाइन रेसुंगामा पूर्णिमा र भार्गवको एक्विजिसन पश्चात शाइन रेसुंगा प्रदेश ५ मा सबैभन्दा धेरै पुुँजी र शाखा भएको विकास बैंक बनेको छ ।

बैंकको चुक्ता पूँजी २ अर्ब ६२ करोड, निक्षेप २६ अर्ब ८७ करोड र कर्जा लगानी २३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । बैंकका शाखा संख्या ७१ र ग्राहक संख्या ३ लाख ७७ हजार पुगेका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

निकट भविष्यमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी राष्ट्रियस्तरमा कार्यक्षेत्र विस्तार गर्ने र हाल कायम रहेको चुक्ता पुँजीको ४ : १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरी पूँजी वृद्धि गरिने पौडेलले बताएका छन् ।