Friday, 27, November, 2020

दरबारमार्गको आगलागी नियन्त्रणमा

काठमाडौं । दरबारमार्गको क्लब भिक्ट्रीमा भएको आगलागी करिब ३ घन्टापछि नियन्त्रणमा आएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले आगो नियन्त्रणमा आएको पुष्टि गरे । उनले  भने, ‘विद्युत् सर्ट भएका कारण आगो लागेको थियो । अहिले नियन्त्रणमा आइसकेको छ ।’

आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका, नेपाली सेना र नेपाल प्रहरीको दमकल खटिएको थियो । जेनेरेटसम्म झिल्को पुगेपछि भीषण आगलागी भएको थियो ।

आगलागीबाट क्लब भिक्ट्री पूर्ण रुपमा जलेको छ ।