Thursday, 17, October, 2019

नेपाल भ्रमण वर्ष सफल पार्न चीनले सहयोग गर्छ : राष्ट्रपति सी

चिनिया राष्ट्रपति सी चिनफिङले हिमाल पारि रेलको सम्भाव्यता अध्ययनका साथै नेपाल भ्रमण वर्ष सफल पार्न चीनले सहयोग गर्ने बताएका छन् । शनिबार साँझ सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति सीले नेपाल र चीनबीच अझ सुविधाजनक कनेक्टिभिटी निर्माण गर्ने कुरा बताए ।केरुङ्देखि काठमाडौंसम्मको सुरुङमार्ग, अरनीको राजमार्ग सञ्चालन गर्ने सुनिश्चित बताउँदै राष्ट्रपति सीले बढीभन्दा बढी नाकाहरु खोल्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै राष्ट्रपति सीले नेपाल भ्रमण वर्षमा चिनियाँ नागरिकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने बताए।