Thursday, 17, October, 2019

निर्वतमान सभामुख महरा पक्राउ

यौन दुर्व्यवहारको आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै महरालाई प्रहरीले पक्राउ गरेको हो ।

महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी शुक्रबार प्रहरीमा दर्ता भएको छ। संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् । महराले असोज १४ गते मंगलबार सभामुख पदबाट राजिनामा दिएका थिए।