आफुहरुले राखेको माग पूरा नभए निर्माणाधीन बन्चरे ल्यान्डफिल साइटको निर्माण रोक्ने र सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने स्थानियले चेतावनी दिएका छन् ।
सरकारले मंसिरदेखि बन्चरे डाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने तयारी गरिरहेको छ तर अहिलेसम्म पनि वरिपरिका स्थानीयको जग्गा अधिग्रहण गरि क्षतिपूर्ति नदिए काम रोकिदिने चेतावनी दिएका हुन् ।
सिसडोल बन्चरेडाडा सरोकार समितीका अध्यक्ष बिश्वास ढुंगानाले भने – “१४ बर्षदेखि सिसडोलमा उपत्यकाको ४० लाख मान्छेहरुको फोहोर मानव बस्तीको माझमा ल्याएर थुपारिएको छ तर पनि हामी रोगी भएरै सहेर बसेका छौं । फोहोर र मान्छे दुनियामा कुनै राष्ट्रमा संगै बस्न सक्दैनन । तर हामी स्थानिय फोहोरसंगै बाँचिरहेका छौं । सरकारले समाधानको बाटो अपनाउला भनेर प्रतिक्षा गरेका थियौं तर सकारात्मक कदर सरकारले उठाएको छैन । त्यसकारण हामीले विकल्प खोज्नुपर्ने हुन्छ । अब पनि कुनै आश्वासन नआए दशैंकै बेला उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिल साइटमा फाल्न दिदैनौं ।”
उनले भने –“फोहोर ब्यबस्थापनको समस्या भनेको राष्ट्रिय हो र यो राज्यले हल गर्नु पर्ने हो तर सरकारले कुनै पनि समाधानको लागि दीर्घकालीन हल खोजेको देखिएन, बिकास तथा प्रबिधि समितीको बैठकमा बोल्ने अधिकांश राज्याका अंगहरुले कसैले यो फोहोरको अीतव्यस्तताको बारे जिम्मा लिएर बोलेको पाइएन हामी नि यो राज्यको जिम्मेवार नागरिक भएकोले अहिलेसम्म त्यहाका जनता र फोहोरसंगै बस्न बाध्या भइराख्यौं । स्वच्छ बाताबरणमा बांच्न पाउने मौलिक हक खै ? सिसडोलबासीलाई तत्काल दीर्घकालीन हल खोजियोस नत्र दशैं मात्र होइन पर्यटन भ्रमण बर्ष २०२० लाई समेत प्रभाव पार्ने किसिमका आन्दोलनका कार्यक्रमहरु अघि सार्नेछौं ।
सरकारले करिब एक अर्ब रुपियाँ खर्च गरेर बन्चरे ल्यान्डफिल साइटमा विभिन्न संरचना निर्माण गरिरहेको छ । शहरी विकास तथा भवन निर्माण विभागले बन्चरे डाँडा ल्यान्डफिल साइटको एक दर्जनभन्दा बढी संरचना निर्माण गरिरहेको छ ।