Friday, 22, January, 2021

यिनै हुन् नारायणीमा हाम फाल्ने उदार पौडेल , जसले हामफाल्नु अघि २ घण्टा प्रेमिकासँग यस्तो कुरा गरेका थिए

जब चितवनको भरतपुर–११, कैलाशटोलका २५ वर्षीय उदार पौड्यालले नारायणी पुलबाट हामफाले । त्यो दृश्य नियाल्दै थिइन् उदारकै प्रेमिका । ‘हे मेरो उदार‘ यो के गर्यौ तिमीले‘ मेरो उदार‘ यो के गर्यौ तिमीले‘’ भन्दै ठूलो स्वरमा डाको छाडेको दृश्य नियाल्नेहरु पनि आँशु थाम्न सकिरहेका थिएनन् ।

नारायणी नदीमा बेपत्ता भएका उदार अझैसम्म फेला पर्न सकेका छैनन् । उनकी आमा अहिलेसम्म बेलाबेला अचेत हुन्छिन् । उदारकी प्रेमिकाको अवस्था पनि फरक छैन ।
उदारका छिमेकी तथा नयाँ किरण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेके पाण्डेका अनुसार उदार नारायणघाटको एक प्रतिष्ठित एटुजेट नामक मोबाइल सेन्टरमा काम गर्दै आएका थिए । उनी घटनाको तीन दिनअघि काठमाडौँमा एक साता बसेर फर्किएका थिए । काठमाडौँबाट फर्किएका उनी घरमा नगई दलदलेस्थित साथीको घरमा बस्न पुगे । घटनाको दिन बिहान उनले आफ्नी प्रेमीकालाई फोन गरेर अन्तिम भेटका लागि आउन आग्रहसमेत गरेका थिए । भरतपुरका हरेक सामाजिक क्षेत्रमा क्रियाशील पाण्डे भन्छन्, ‘मैले ती युवतीलाई भेटेँ ।

उनीसँग बुझ्दा उनीहरुबीचको सम्बन्ध बिग्रेर हा८मफालेको बुझिएन ।घटनाको दुई घण्टा प्रेमीले बोलाएपछि प्रेमिका भेट्न पुग्छिन् ।’ पाण्डेका अनुसार करिब २ घण्टासम्म देवदहमा उनीहरुसँगै बसेका थिए । त्यहाँ उदारले निरासाका कुरा गर्दै नारायणीमा हामफालेर ज्यान फाल्ने कुरा गरेपछि प्रेमिकाले आफन्त र उदारका साथीहरुलाई फोन गरेर सम्झाउनका लागि बोलाउँछिन् । उनको आग्रह अनुसार एटुजेट मोइल सेन्टरमा काम गर्ने साथीहरु घ८टनास्थल आइपुग्छन् । उनीहरुले नारायणी पुलमा उदारलाई भेटेर निकै सम्झा उँछन् ।

तर दुर्भाग्य उदारले घुर्की मात्रै देखाउन खोजेको होला भन्ने साथीहरु र प्रेमिकाको सोचाइ गलत ठहरिन्छ । उदार जब नारायणीमा हामफाल्न खोजे तब साथीहरुले तानेर जोगाउन पनि खोजे । आफ्नो निर्णयबाट पछि नहटेका उदार अन्ततः जोगाउने प्रयास हुँदाहुँदै पनि हामफालेरै छाडे ।हामीसँगको भेटमा पाण्डेले उदार परिवारको विगत स्मरण गरे । ‘उदार र एक दिदीसहित उनका बाबु आमाका दुई सन्तान हुन् । उदार त्यस्तै ४, ५ वर्षको छँदा उनका बाबुले दोस्रो विवाह गरेर विदेशतिर गएर बस्न थाले । त्यसबेला उनको आमाको उमेर २०, २२ वर्षभन्दा थिएन ।

अहिले त्यस्तै ४० वर्ष उमेरकी आमाले दुई छोराछोरी हुर्काएर बस्नुभएको थियो’, पाण्डे सम्झन्छन् । आर्थिक रूपले नि८म्न परिवार भए पनि अत्यन्तै प्रतिष्ठित परिवारका रूपमा सबैले लिन्छन् उदारको परिवारलाई । उदारको हाईफाई अलि बढी नै थियो । बुलेट बाइक चढ्थे उनी । परिवारसँग अफिसले दिएको भने पनि आफैले किनेका थिए । पछिल्लो चरण होटल खोल्ने तयारीमा रहेको रहेका थिए उदार । भरतपुर महानगरपालिका वडानम्बर–११ स्थित कैलाश टोल विकास क्लबका अध्यक्ष तथा अगुवा समाजसेवी रवीन्द्र बरालले पछिल्लो चरण युवा युवतीहरुलाई इन्टरनेटले एकात्मक सोचको विकास गरेकै कारण आत्महत्याको क्रम बढेको बताउँछन् ।

बराल भन्छन्, ‘यो खबर दुखद् छ । पछिल्लो पुस्तामा एकात्मक खालको सोच बढेको छ । इलेक्ट्रोनिक मिडियामा हराउन, परिवारलाई खुलस्त नभन्ने र आफूले जे सोच राख्यो त्यसै गर्ने, यो राष्ट्रकै चिन्ताको विषय बनेको छ । यसमा समाजका सबै पक्ष सचेत हुनुपर्ने देखिन्छ ।’ हाम्रो जिज्ञासामा उनले थपे, ‘मैले ती युवतीले उदार‘।।उदार‘।। तिमीले यो के गर्यौँ भन्दै पटक पटक रुँदै चिच्चाएको देखेको हुँ । पछि प्रहरी कार्यालयमा पनि रुँदै विक्षिप्त भएकी थिइन् । मिल्ने साथी हामफाल्दा पीडा हुनु स्वाभाविक हो ।’उदार पौड्यालको फेसबुकमा आमा र बहिनीबाहेक अन्य युवतीसँगै तस्बिर देखिँदैन ।

होली खेल्दा त्यस एटुजेट मोबाइल सेन्टरका केही केटी साथी र केटा साथीबीच सामूहिक तस्बिर खिचाएको बाहेक ती प्रेमिका भनिएकी युवतीसँग समेत सँगै तस्बिर खिचाएको देखिएन । उनी घुम्नमा शौखिन रहेको उनका तस्बिरहरुले पनि देखाउँछ । उनले विभिन्न खेलबाट मेडलहरु पाएको पनि देखिन्छ भने दिदीको विवाहमा भावुक हुँदै तस्बिर खिचेका छन् । छोरीको विवाहपछि एक मात्र छोरा उदारको विवाहको पर्खाइमा रहेकी आमा भने अहिले आँशुको पोखरीमा डुब्न बाध्य छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी एकनारायण कोइरालाले घटनाबारे अनुसन्धान भइरहेको र बेपत्ताको खोजी कार्य पनि जारी रहेको बताए ।