Thursday, 17, October, 2019

सौराहाको पर्यटन प्रबद्र्धनमा जेसिजको साथ

चितवन । जेसिआई काठमाडौँ लेडी तथा सौराहा जेसिजले अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । जेसिआइले हात्ती परिचालकलाई अभिमुखिकरण तालिम दिएको हो । त्यसैगरि जेसिआई काठमाडौँ लेडीले सौराहाका माउतेलाई पोसाक समेत वितरण गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको लागी राष्ट्रिय वन जंगल, बन्यजन्तु संरक्षण एवं पर्यापर्यटन प्रबद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको जेसिआई काठमाडौकी अध्यक्ष अर्चना श्रेष्ठ मुनकर्मीले बताइन् । त्यसै गरि हात्तिलाई शिरबिन्दु पनि बितरण गरिएको मुनकर्मीको भनाइ छ ।


यतिबेला चितवनको सौराहामा पछिल्लो समय आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ । कुनै समय विदेशी पर्यटकले भरिभराउ हुने सौराहा पछिल्लो समय स्वदेशी पर्यटकमा निर्भर बनेको छ ।

यसलाई अझ बढि पर्यटकको आकर्षणको थलो कसरी बनाउने भन्नेबारे समेत पर्यटन व्यवसायीहरुसंग छलफल भएको सौराहा जेसिजले जनाएको छ ।


सौराहाको पर्यटन विशेषतः चितवन राष्ट्रिय निकुञ्ज, जंगली जनावर र थारु संस्कृतिमा आधारित छ । यहाँ हात्ती चढेर जङ्गल घुम्न, वन्यजन्तु हेर्न, राप्ती नदीमा डुङ्गा सयर गर्न, सूर्यास्त हेर्न र थारु संस्कृतिको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जेसिजले वितरण गरेको शिरबिन्दुले हात्तीलाई सुन्दर र आकर्षित पार्न मद्दत पुगेको माउतेहरुले बताए ।