Thursday, 17, October, 2019

यस वर्षको दुर्गा बहादुर श्रेष्ट स्मृति उत्कृष्ट शाखा सभापति पदक’ सुर्खेत शाखा सभापति जी सी लाई

काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाले यस वर्षको ‘दुर्गा बहादुर श्रेष्ट स्मृति उत्कृष्ट शाखा सभापति पदक’ सुर्खेत शाखा सभापति तेज़ कुमारी जी सी लाई प्रदान गरेको छ ।

संस्थाको ३७ औं बार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा पुर्व प्रधानमन्त्री झलनाथ खनालले सो पदक प्रदान गर्नुभयो ।

क्यान्सर रोग निवारणका लागि जील्ला शाखा सभापति हरू माध्यमबाट क्यन्सर, को क्षेत्रमा उलेखनियकार्य गरी क्यान्सर रोग नियन्त्रणमा पुर्याएको अतुलनीय कार्यको कदर गर्दै सो पदक प्रदान गरिएको संस्थाका केन्द्रीय माहासचिब बिमल होडा ले बताउनुभयो ।

केही दिनअघि संस्थाको केन्द्रीय कार्यसमितिको बैठकबाट यस वर्ष २०७६ मा प्रदान गरिने ‘ दुर्गा बहादुर श्रेष्ट स्मृति उत्कृष्ट शाखा सभापति पदक’ तेज कुमारी जी।सी सुर्खेत शाखा सभापति लाई प्रदान गरिने निर्णय भएको थियो ।

३७औ बार्षिकोत्सव समारोहमा प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेल, प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठ, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, पूर्व स्वास्थ्य मन्त्री माननिय गगनकुमार थापा, पूर्व उद्योग वाणिज्य मन्त्री माननिय महेश बस्नेत लगायतको उपस्थिति साथै आफ्नो मनतब्य राख्नु भएको थीयो उक्त समाहोरोको सभपतित्व संस्था का केन्द्रिय अदक्ष्य लोकेन्द्र श्रेष्ट “ईश्वर” ले गर्नु भएको थीयो