Thursday, 17, October, 2019

सेनेटरी प्याड बनाउने प्रतियोगितामा महिला तथा किशोरीको उत्साहजनक सहभागिता

काठमाडौं । काठमाडौंमा सेनेटरी प्याड बनाउने प्रतियोगिता सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको उक्त कार्यक्रममा महिला तथा किशोरीको उत्साहजनक सहभागिता भएको सामाजिक अभियन्ता एवंम विवेकशील साझा पार्टीकी काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठले बताइन् ।

विभिन्न ठाउँको प्रतिनिधित्व गदै आएका थुप्रै अब्बल प्रतियोगिका बिच पनि प्रथम स्थान हासिल गरि धनगढिकी चम्पा चौधरीले आफुलाई अझै बढि अब्बल साबित गर्न सफल भएकि छिन् भने दोस्रो र तेस्रो स्थान हासिल गर्ने क्रमशः सितापाइला कि सन्जु राना, पनौति कि गायत्री माहाजु रहेका छन् ।

लामो समयदेखि सचेतनामुल अभियान सञ्चालन गर्दै आउनुभएकी अभियन्ता अनुपा श्रेष्ठले काठमाडौं उपत्यकाको विभिन्न नगरपालिका, महानगर र रसुवामा गर ११ वटा स्कुल र कलेजका विद्यार्थींसंग अन्तरक्रिया गरि उनिहरुको समस्या बुझेर निशुल्क सेनेटरी प्याड समेत वितरण गरिएको बताइन् ।