Thursday, 17, October, 2019

फिमेल जर्नालिष्ट अवार्ड २०१९ सञ्चारकर्मी सन्तोषी अधिकारीलाई

अस्मिता केसी, काठमाडौं । नेपालकै सर्वाधिक चर्चित र स्तरीय मोडल उत्पादन गर्ने प्रतियोगिता मोडल हन्ट नेपालको पाँचौ संस्करण सम्पन्न भएको छ । जसमा पाल्पा रामपुरका २३ बर्षिय सुदिप वस्ती र काठमाडौ कपनकी १८ बर्षिया कुशिका प्रसाइले ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को शिर्ष उपाधि चुमेका छन् ।

अन्नपुर्ण पोस्टको सहप्रकाशनमा दर्जनौं संघ, संस्थाको सहकार्यमा शनिबार होटेल सोल्टी क्राउन प्लाजामा आयोजित मोडल हन्ट कार्यक्रममा वर्षका उत्कृष्ट समाचार लेखन, सम्पादन एवं प्रस्तुतिकरणका लागि दिइने अवार्डबाट उत्कृष्ट महिला पत्रकार २०१९ बाट पत्रकार सन्तोषी अधिकारी सम्मानित भएकी छिन् । महिला, बालबालीका र स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आएकी पत्रकार अधिकारीले पिडित असाहाय महिलाको विकास र उत्थानमा आवाज पनि बुलन्द पार्दै आएको भन्दै उनलाई सम्मान गरिएको हो ।

पत्रपत्रिका, रेडियो हुँदै टेलिभिजनको दुनियामा छाएकी र सबैले मन पराइएकी सञ्चारकर्मी सन्तोषी अधिकारी हाल एबीसी टेलिभिजनमा समाचार बाचिका, कार्यक्रम निर्माता र प्रस्तोताका रुपमा कार्यरत छिन् ।

कार्यक्रमका प्रमुख अतिथि कांग्रेस बरिष्ठ नेता एवं पुर्ब अर्थमन्त्री डा.रामशरण महतले उनलाई सम्मान गरेका हुन् । वरिष्ठ टिभी पत्रकार मा रामेश्वर सापकोटा, अनलाईन मा रातोपाटीका लोकेन्द्र भट्ट, नागरिक राष्ट्रिय दैनिकका भुवन शर्मा, सम्पादकमा बाबुराम आचार्य लाई स्वर्ण कलम सहित पुरष्कार प्रदान गरिएको रवि धमलाले बताए ।

लामो समयदेखि राजनिती र समाजसेवामा दत्तचित्त भएर लागिरहेका समाजसेवी एवं युवा नेता क्षितिज भण्डारीलाई सम्मान गरिएको थियो । नेपाली काँग्रेसका महासमिती सदस्य समेत रहेका भण्डारी भर्खरै मात्र थाइल्याण्डमा आयोजित कार्यक्रममा अन्र्तराष्ट्रिय सम्मान प्राप्त गर्न सफल भएका थिए ।


त्यसैगरि, संविधान लेखनमा रन्जित कर्ण, जनावर अधिकारकर्मीमा हरि जोशी, समाजसेवी युवा नेतामा क्षितिज भण्डारी, शिक्षाबिज्ञमा अजयप्रभा सत्याल, उत्कृष्ट ईन्जिनियरमा डा. सुमन नरसिंह राज भण्डारी, योगिता पन्त, होटेल ब्यवस्थापनमा कृष्ण सापकोटा, पुस्तक लेखनमा गुरुराज घिमिरे र जर्नेल वलदेव राज महत, समाजसेवी एनआरएनमा नरेन्द्र भाट, बैंकरमा रबिना देशराज श्रेष्ठ, नेपाल बालतारामा आराद्य्याय भण्डारी र क्यारोलाईन, भण्डारी सम्मानित भएका छन् । लायन्स कल्वको उत्कृष्ट अध्यक्षमा दिनेश शाही “गोल्डेन चेन“ ले सम्मानित भएको मोडेल हन्ट नेपालले जनाएको छ ।

नेपालकै सर्वाधिक चर्चित र स्तरीय मोडल उत्पादन गर्ने प्रतियोगिताको रुपमा स्थापित मोडल हन्टमा २९ प्रतियोगलाई पछि पर्दै वस्ती पुरुष तर्फ र २६ प्रतियोगीलाई पछि पार्दै प्रसाई युवती तर्फको विजेता बनेका हुन् । अन्तिम स्पर्धामा शिर्ष विजेता बनेका दुबैले चाइनामा हुने सुपर मोडल ग्लोव, लक्जरी ब्राण्ड मोडल अवार्ड, मिस्टर एण्ड मिस मोडल वल्र्डवाइड, मिस्टर वसिन, पन फेसन विक, एसिया लाइस्टाइल विक लगायत अन्ताराष्ट्रिय फेसन तथा मोडलिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न अवसर समेत प्राप्त गरेका छन् ।

कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका वरिष्ठ नेता डा. रामशरण महतले देशको कर्णधार युवायुवतीले बिदेश पलायनको सट्टामा नेपालमै बसेर राष्ट्रको गौरव बढाउन अनि अन्तर्राष्ट्रिय स्तरमै नाम कमाउने वातावरण बनाउन यस्ता प्रतिभा प्रस्फुटन कार्यक्रमले सहयोग पुर्याउने बताए । ३ महिनाको लामो तयारी पछि आयोजित सो कार्यक्रममा झन्डै २०लाख खर्च भएको पुर्ब मिस नेपाल उषा खड्कीले बताईन् ।