Tuesday, 20, April, 2021

प्रहरीको लाठीचार्जबाट अनेरास्ववियूका संयोजक महर घाइते

काठमाडौं,   नेपाल कम्युनिस्ट पार्टी नेकपाको भ्रातृ संगठन अनेरास्ववियूका संयोजक ऐन महरसहितका नेताहरुमाथि प्रहरीको लाठीचार्ज गरको छ ।

पक्राउ परेका विद्यार्थीलाई भेट्न जाने क्रममा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब अगाडि साँझ ६ बजे झडप भएको थियो । प्रहरीको लाठीचार्जबाट संयोजक महर, विद्यार्थी नेताहरु समिक बडाल, सुदेश पराजुलीलगायत घाइते भएका हुन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायक उपरीक्षक होविन्द्र बोगटीले पक्राउ परेका विद्यार्थी नेतालाई भेट्न जाँदा झडप हुँदा उनीहरु घाइते भएको बताए ।
‘चिकित्सा शिक्षा अध्ययन संस्थानका आन्दोलनरत विद्यार्थीलाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो ।

सहसंयोजक तामाङका अनुसार सामान्य घाइते भएका सबैको प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडेल अस्पतालमा उपचारपश्चात् घर फर्किएका छन् । चिकित्सा शिक्षाको सुधारको माग राख्दै विद्यार्थीले चिकित्सा अध्ययन संस्थानमा ताला लगाएका छन् ।