Tuesday, 20, April, 2021

अवैध भारतीय रुपैयाँसहित वीरगञ्जमा २ जना पक्राउ

 

वीरगञ्ज । सशस्त्र प्रहरी वीरगञ्जले ८ लाख अवैध भारतीय रुपैयाँसहित २ जनालाई मंगलबार पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा –६ महाविरस्थान बस्ने ३९ वर्षीय अभिषेक सर्राफ र वीरगञ्ज–१० आदर्शनगर बस्ने ३३ वर्षीय बिष्णु श्रेष्ठ पक्राउ परेका हुन् ।

सशस्त्रको राजश्व तथा भन्सार सुरक्षा गस्ती टोलीले उनीहरुको साथबाट ८ लाख ८ हजार २ सय ७२ रुपैयाँ अवैध भारतीय रुपैयाँ बरामद गरेको थियो ।

रकम र मोटरसाईकल सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।