Thursday, 17, October, 2019

बनस्थली ढुङ्गेधारामा रहेको ओम साइबाबा मेमोरियल अस्पताल डुबानमा –(भिडियोसहित)

अविरल वर्षापछि आएको भेलका कारण वनस्थलीस्थित ओम साइबाबा मेमोरियल अस्पताल डुबानमा परेको छ । क्लिनीकमा रहेका विभिन्न मेसिन एवं औषधीहरु भेलले पुरिएको छ ।

अहिले प्रहरी, स्थानिय एवं नगरपालीकाको रोहबरमा भेल पन्छाउने कार्य भइरहेको छ ।

डुबानका कारण २ करोड बढिको क्षति भएको ओम साइबाबा मेमोरियल अस्पतालका अध्यक्ष दयाराम कार्कीले गुनासो गरे ।