Thursday, 17, October, 2019

अरे हिटलर पनि प्रेम गर्थ्यो कसैलाई………………

गजल
देखाउनु छ सबलाई एकदिन असल बनेर ।
अचम्ममा पर्छु म कसैको छलफल बनेर ।।

अरे हिटलर पनि प्रेम गर्थ्यो कसैलाई ।
सरकार देखाईदे सबको मलजल बनेर ।।

मान्नुहोस सबैका आफ्नै पिडाहरु हुन्छ ।
खुसी छैन डाडाकाडा पनि समथल बनेर ।।

जिउदोलाई मुर्दा बनाउछ यो समाजले ।
नडराई आऊ जीवनमा तिमी कमल बनेर ।।

महेश खड्का  (अछाम ) हाल जापान