Thursday, 17, October, 2019

फिफा विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुन लागेको फिफा विश्वकप अन्तर्गत एसियन छनोट दोस्रो चरणका नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक जोहान कालिनले छनोट अन्तर्गत कुवेत र चाइनिज ताइपेइसँगको लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।
घोषित टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् । डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल छन् ।

मिडफिल्डमा सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द छन् ।
फर्वाडमा विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ छन् ।
नेपालले छनोट अन्तर्गत आगामी विहिबार समूह बि को पहिलो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दै विश्वकप छनोट यात्रा सुरु गर्नेछ । यस्तै भदौ २४ गते मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ ।
गोलकिपर एलन न्यौपाने, विराज महर्जन र विमल राना टोलीमा अटाएनन् । न्यौपानेको स्थानमा किरण थपिँदा विमल रानाको स्थानमा रोहित चन्द समावेश छन् । रोहित आज इन्डोनेशियाबाट नेपाल फर्किंदैछन् ।