काठमाडौं । नेकपा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई बुधबार पर्यटनमन्त्री नियुक्त गरेका हुन् । भट्टराई ताप्लेजुङका सांसद हुन् । गत फागुन १५ गते गते तात्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा ताप्लेजुङमा निधन भएको थियो । अधिकारीको निधनपछि चार महिनादेखि पर्यटन मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्रीले लिएका थिए ।

मन्त्री भट्टराईको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायत अन्य संवैधानिक निकायका प्रमुखको समेत उपस्थिति थियो। प्रधानमन्त्री ओलीले भट्टराईलाई बुधबार पर्यटनमन्त्री नियुक्त गरेका हुन् ।