Friday, 05, March, 2021

नेपालमा पहिलो पटक फेसन एन्ड मोडल अवार्ड २०१९ आयोजना हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको फेसन एन्ड मोडल अवार्ड २०१९ को तयारी तीब्र रुपमा अघि बढिरहेको छ । प्याजेन्ट नेपाल इन्टरनेशनलको ब्यानरबाट आयोजना हुन लागेको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्याजेन्ट नेपालका एम.डि मिथुन थापाले जानकारी दिए । कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न आफुहरु लागि परेको थापाको भनाइ छ ।

थापाका अनुसार यो अवार्ड फेसन र मोड्लिङ क्षेत्रमा आफ्नो पहिचान बनाउन चाहानेहरुका लागि कोसेढुङा सावित हुन सक्ने छ । पछिल्लो समय नेपालमा धेरै प्रकारका सांगीतिक तथा साहित्यिक अवार्डहरु हुनेगरेको र फेसन तथा मोडलिङ क्षेत्रमा यस्ता किसिमका कार्यक्रमहरु खासै गरेको पाइदैन । यस क्षेत्रमा तल्लिन सम्पुर्णको उज्ज्वल भविष्य यहि हाम्रै मुलुकमा राम्रै ब्यबसाय बनाउन र यस क्षेत्रलाइ ब्यवस्थापन गरेर अझै निखार ल्याउन सकियो भने अहिले नेपालले राष्ट्रिय अवार्ड मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरका अवार्डहरुको पनि आयोजना गर्न सक्ने सामर्थ्य राख्न सक्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली मुलका प्रतिस्पर्धिहरुको पछिल्लो समयको उपलब्धि हासिललाई मध्यनजर गर्ने हो भने केही समय यता नेपालमा पनि ब्युटी प्याजेन्ट र मोडलिङ ब्यबसाय मौलाउने क्रममा रहेको थापाको धारणा छ । यो अवार्ड यहि क्षेत्रमै केही गर्छु भनेर लागि परेका युवा पुस्ताको लागि गतिलो माध्यम हुन सक्ने भन्दै थापा भन्छन् , यसको स्तर उन्नती र सुदृढीकरणका निम्ति हामिले नेपालमै यसको आयोजना गरेका हौ ।

पुरस्कार समारोह विभिन्न कोटाहरुमा सम्बन्धित ब्यक्तिहरु र पेशेवरहरुको सम्मानका निमित्त हुनेछ । केही महत्त्वपूर्ण कोटाहरु जहाँ कोरियोग्राफर,उत्कृष्ट फेसन डिसाइनर, उत्कृष्ट फेसन कोरियोग्राफर, महान फेसन कोरियोग्राफर, मेकअप आर्टिस्ट, हेयर डिजाइनर, फेसन र प्याजेन्टका लागि इम्सि, फेसन जर्नालिस्ट, उत्कृष्ट अन्तर्राष्ट्रिय नेपाली मोडल, उत्कृष्ट कार्यक्रम आयोजक, उत्कृष्ट कार्यक्रम निर्देशक तथा उत्कृष्ट कार्यक्रम प्रबन्धकको बेजोड सहभागीता रहनेछ ।

प्रत्येक बर्गमा उम्मेदवारहरु पनि घोषित भएका छन । अधिक रुपमा महिला र पुरुसहरुको नमांकन गरिएको छ। कार्यक्रम तथा पुरस्कार समारोह राष्ट्रिय सभा गृह, सिटि हल काठमाण्डैमा आउदो श्रावण २३ गतेका दिन हुने आयोजकले बताएको छ ।