ब्राजिल। ब्राजिलको पारा राज्यको एक जेलमा दुई गुटबीच भएको झडपमा कम्तीमा ५२ कैदीको मृत्यु भएको छ ।
अल्टामीरा जेलमा करिब पाँच घण्टासम्म ग्याङ्गफाइट जारी थियो ।
अधिकारीका अनुसार एउटा स्थानमा कैद गरिएको ग्याङ्ग जेलको अन्य स्थानमा पुगेपछि झडप सुरु भएको बीबीसीले जनाएको छ ।
अधिकारीका अनुसार मृत्यु भएका कैदीमध्ये १६ जनाको शिर छेदन गरिएको छ ।
रिपोर्टका अनुसार जेलको एउटा भागमा आगोसमेत लगाइएको थियो र धुँवाका कारण थुप्रैको निसास्सिएर मृत्यु भयो ।
अधिकारीलाई बनाएका थिए बन्धकः
कैदीहरुले जेलका दुई अधिकारीलाई पनि बन्धक बनाएका थिए । रिपोर्टका अनुसार अब उनीहरुलाई छुटाइएको छ ।
हिंसाको सुरुवात स्थानीय समय अनुसार बिहान सात बजेको हो र हिंसा नियन्त्रण दिउँसोमात्र मात्र भएका थियो ।
ब्राजिलको मिडियामा जुन भिडियो देखाइएको छ, त्यसमा जेलको एक भवनबाट धुँवा निस्किरहेको देख्न सकिन्छ ।
अर्को भिडियोमा कैदी जेलको छतमा घुमिरहेको देख्न सकिन्छ ।
जेलमा क्षमताभन्दा धेरै कैदीः
जेलमा जुन दुई ग्याङ्गबीच फाइट भयो, लडाईं भएको छ, अधिकारीले उनीहरुको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन ।
ब्राजिलको जी१ समाचार संस्थाका अनुसार अल्टामीरको जुन जेलमा हिंसा भएको छ त्यहाँ २०० कैदीलाई राख्ने क्षमता छ तर त्यहाँ ३११ कैदी थिए ।
ब्राजिलको जेलमा हिंसाको घटना साधारण हो । जेलमा करिब सात लाख मानिसहरु बन्द छन् । धेरैजसो जेलमा क्षमताभन्दा बढी कैदी छन् ।
मे महिनामा पनि ब्राजिलमा एकैदिन देशका चार भिन्न–भिन्न जेलमा भएको संघर्षमा ४० जनाको हत्या भएको थियो ।