Thursday, 17, October, 2019

मेहेन्दी लगाउने प्रचलनमा युवापुस्ताको बढ्दो आकर्षण

मेहन्दी लगाउने परम्परालाई हाल युवा पुस्ताले परिमार्जन गरेर नयाँपन दिइरहेका छन् । मेहेन्दीको महत्व पहिले जति थियो अहिले झनै बढेर गएको छ । जसले गर्दा मेहन्दीको आवश्यकता पनि युवापुस्ताले अझ महसुस गरेको भान हुन्छ ।

नेपाल, भारत पाकिस्तान, वंगलादेश लगायतका देशहरुमा मेहन्दी एउटा परम्पराको रुपमा रहेको छ । मेहन्दी विशेषत साउन महिनामा महिला दिदीबहिनीहरुले लगाउने गर्दछन् । भारतीय विवाह उत्सवहरुमा त मेहन्दीको रसम नै हुने गर्दछ । नेपालमा पनि शहरी क्षेत्रमा यो परम्पराको विकास विस्तारै हुदै गएको छ । नेपालीका विवाह उत्सवहरुमा मेहन्दी लाउने प्रचलन शुरु भैसकेको छ । जसको हात तथा शरीरका कुनै अंगमा मेहन्दी गाढा रुपमा लागेमा माया तथा प्रेम गाढा हुने जनविश्वास पनि रहेको छ ।

पछिल्लो समय मेहन्दी आर्टिष्टहरुको पनि डिमान्ड ह्वात्तै बढेको छ । काठमाडौं कालोपुलकी मेहन्दी आर्टिष्ट कविता रोक्काको हिना स्टुडियो स्थापना गरेदेखि नै मेहन्दी कलामा आकर्षित हुनेहरुको भीड लाग्ने गरेको बताउछिन् । व्यावसायिक मेहन्दी कलाकारका रुपमा सन् २०१६ सालदेखि पेशागत रुपमा कार्य गर्दैआएकी कविता रोक्काको व्यस्तता विवाह समारोहहरुमा बढी हुने गरेको छ ।

कविता रोक्का (मेहेन्दी डिजाइनर)

 

हिना मेहन्दीले धेरैको हात सजाएकी कविताले मेहेन्दी कलाको तालिम पनि दैदै आएकी छिन् । हरियालीको महिना साउन महिनामा मेहेन्दी लगाउने महिला दिदीबहिनीहरुको भिड लाग्ने उनि बताउछिन् । सञ्चारकर्मी सन्तोषी अधिकारीले कविताको मेहेन्दी डिजाइनबाट आफु खुशि भएको बताइन् । फुर्सदको समय मिलाएर कविताको हिना मेहन्दी स्टुडियोमा पुगेकी सञ्चारकर्मी अधिकारी मेहेन्दी लगाउँदा सुन्दरता मात्र बढ्ने नभइ यसले स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउँछिन् ।

विशेषगरी समारोह जस्तै श्रावनमा, निजी मेहेन्दी समारोह, दान कार्यक्रम र तीजका लागि धेरै अवसर आउने गर्दछ । मेहन्दी आर्ट गर्ने मन भित्रको मेरो इच्छालाई व्यवसायीक रुपमा अगाडी बढाउन पाउदाँ रमाइलो संगै जिम्मेवारी महशुस भएको कविता बताउछिन् ।

त्यति मात्र नभइ उनले श्रावण महिनामा राजधानीको बालमन्दिरमा अध्यनरत बालीकाहरुलाई मेहेन्दी लगाइदिएर खुशि पार्न पाएको बताउछिन् । उनले बालआश्रममा अध्ययनरत ८० जना बालीकाहरुको हात मेअ‍ेन्दीले सजाएकी छिन् ।


मेहन्दी आर्टको व्यवसायमा कविता रोक्काको विशेषत भारतीय डिजाइन, अरविक डिजाइन, इन्डो अरविक डिजाइन, पश्चिमी डिजाइन, इन्डो पश्चिमी डिजाइन र पुरुषहरुका लागि आवश्यक डिजाइन छन् । यी डिजाइनमा उनको विशेषता रहेको छ । यसैलेगर्दा कविताको मेहन्दी आर्ट अरुको भन्दा फरक पाइन्छ ।

हिना मेहेन्दीका डिजाइनहरु

भारतीय डिजाइन

यो डिजाइन विभिन्न समयमा लोकप्रिय परम्परागत समारोह जस्तै विवाह, तीज, इद र कर्वा चौथमा प्रख्यात छन् । भारतीय डिजाइनले धर्ती, प्रकृति र भावनासंग प्रेरित गरेको हुन्छ । नेपालमा भारतीय डिजाइनको बारेमा ज्ञान भएका कलाकार थोरै मात्रामा पाइन्छन् ।

अरविक डिजाइन

अहिले डिजाइनको दनियाँमा अरविक डिजाइन बढी फैलिएको पाइन्छ । जो धेरै मात्रामा क्याजुरीको ढाँचामा र धेरै छायांकन हुन्छन् । यस्तो खालका रुचीपुर्ण डिजाइन महिलाहरु माझ अधिक लोकप्रिय छ ।

इन्डो अरविक डिजाइन

डिजाइनमा फ्युजनले महत्वपुर्ण अर्थ राख्छ । हातको लागि इन्डो अरबीक डिजाइनहरु उत्कृष्ट उदाहरण हुन् । इन्डो अरविक डिजाइनहरु अहिले दुलहीका लागि प्रसिद्ध छन् । उनीहरुको हातपुर्ण रुपमा सजाएको हेर्न चाहन्छन् ।

पश्चिमी डिजाइन

पश्चिमी डिजाइन धेरैको रोजाईमा पर्ने गरेको छ । यो एउटा रचनात्मक कलाको एक माध्यम हो ।

इन्डो पश्चिमी डिजाइन

इन्डो पश्चिमी डिजाइन पूर्वी र पश्चिमको मिश्रण हो । यो डिजाइन धेरै स्पेस आउट र आधुनिक ढाँचाहरुको साथ परम्परागत डिजाइनको साथ प्रस्तुत गरिन्छ ।

पुरुषहरुका लागि डिजाइन

पछिल्लो समयमा पुरुषहरुले पनि यसलाई अस्थायी ट्याटुको रुपमा लिइरहेका छन् ।