Sunday, 09, May, 2021

बलत्कार प्रयास पछि नेपाली बालिकाको दिल्लीमा  हत्या

बाजुरा, बाजुरा जिल्ला घर भएकी एक बालिकाको बलत्कारको प्रयास पछि भारतको दिल्लीमा हत्या भएको छ ।

भारतको पुर्वी दिल्लीको सक्कपुरमा ९ बर्षकि लक्ष्मि चदाराको बलत्कारको प्रयास सँगै हत्या भएको भारत स्थित नेपालि राजदुताबासले जानकारी दिएका छन ।

बालीकाको घर बाजुरा जिल्ला बुढिगंगा नगरपालिका १ कुडि घर रहेको छ । उनी बुवा देब चदारा र आमासँगै भारतमा बस्दै आएकि थिईन।
शुक्रवारको दिन पुर्वी दिल्लीको सक्कपुरको डि बल्क १ सय १३ ए नम्बरको घरमा बल्तकारको प्रयास पछि हत्या भएको भारत स्थित नेपाली राजदुतमा कार्यरत एसएसपि प्रकाश अधिकारले बताएका छन् । उनको भारतिय नागरिक बसिम अहमद उर्फ सनुले हत्या गरेको प्रहरीले जनाएको छ । उनलाइ प्रहरीले प्रक्राउ समेत गरिसकेको छ ।

बुवा देब चदारा त्यहि घरको चौकीदारी गर्ने गरेका थिए, भने आमा त्यहि घरमा बसिम अहमद उर्फ सनुले चलाएको होस्टेलमा खाना पकाउने काम गर्ने गरेकि थिईन् । शुक्रवार दिउसो पौन १ बजे बुवा बाहिर बाट कोठामा आउदा छोरीलाई अचेत अबस्थामा फेला पारेका थिए । छोरी अचेत अबस्थामा फेला पारेपछि अस्पताल पुयाएका थिए, अस्पताल पुग्ने बितिकै चिकित्सकले मृतक घोषणा गरेका थिए ।

छोरीको हत्या भएको खबर पाएपछि भारत स्थित बिभिन्न नेपालि संघ संगठन नेपाली राजदुतावासलाई सहयोग मागेका थिए । अन्य नेपालीहरुको सहयोगमा प्रहरी कहाँ मुद्धा दर्ता गर्न र पिडकलाई समात्न सहयोग गरेको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रिय सदस्य रमेश बुढाले बताए । बालिकाको आइतवार पोष्टमार्टम पछि दासस्कार गरिएको छ ।

भारत स्थित नेपाली राजदुतमा कार्यरत एसएसपि प्रकाश अधिकारका अनुसार सोहि घरमा होस्टेल चलाउदै आएका भारतिय नागरिक बसिम अहमद उर्फ सनुले बलत्कारको प्रयास पछि हत्या गरेको वताएका छन् । अहमद उर्फ सुनले बालीकाको हत्या अफुले गरेको स्वीकार गरेका छन् ।