Thursday, 17, October, 2019

लालच

-ध्रुव मधिकर्मी 

“यो सुनेर मान्छेले आफूलाई थाम्न सकेन । आँखामा, मनमस्तिष्कमा सुनको बाकस र त्यसका तिलस्महरु झझली आउन थाले । ऊ कुवाभित्र फाल हालिहाल्यो ।” 

पानी पिउन गएको स्याल चिप्लेर कुवामा खस्यो । त्यसले तीन चार .. पाँच छ पटक प्रयास ग¥यो – बाहिर निस्कन । तर सकेन । जति गर्दा पनि उसको केही सीप लागेन । केही सीप नलागेपछि कोही आउला र सहायता मागेर निक्लुंला अथवा भएन भने कुनै तिर्खालुलाई छकाउँला भन्ने ताकमा बस्यो । यत्तिकैमा त्यहाँ एउटा बाख्रा आयो ।

त्यसलाई देखेर स्यालले उत्साहित भएर भन्यो, प्रिय भाइ, यहाँको पानी साह्रै मीठो छ र चिसो पनि । तिमी त थाकेर आएको जस्तो पनि देखिन्छौ.. आऊ एकछिन यहाँको शीतल पानीमा पौडी खेल ।

बाख्राले स्यालको आँखामा हेर्यो । त्यहाँ कुटिल आशा थियो । त्यसपछि कुवामा हेर्यो । त्यहाँ उक्लने र ओर्लने कुनै बाटो थिएन ।
धन्यवाद जानकारी दिएकोमा । तर मलाई शीतल पानीमा पौडी खेल्ने लोभ पटक्कै छैन ।, यति भनेर बाख्रा त्यहाँबाट अन्त लाग्यो ।

केही बेरपछि त्यहाँ एउटा मान्छे आयो ।

निराश भएर बसेको स्याल पानीमा कसैको छाँया देखेर सचेत भयो । उसले एउटा मान्छेलाई कुवामा चियाउँदै गरेको देख्यो । त्यस मान्छेले केही गर्ने हो कि भन्ने त्रास पनि लाग्यो । तैपनि निक्लने कुनै उपाय त गर्नुप¥यो ।

प्राणीहरुमा श्रेष्ठ मानव, तपाइँ कूवाभित्र पसेर अलि सहायता गर्न सक्नुहुन्छ, स्यालले अनुरोध गर्यो।

सहयोग ! तँलाई त ढुङ्गाले हानेर मार्छु र तेरो छाला काढ्छु बुझ्यौ ?, मान्छेले भन्यो ।

त्यसो भए पख्नुस् । मलाई सहयोग नगर्नु भए पनि आफ्ना लागि त गर्न सक्नुहुन्छ नि ?

आफ्ना लागि ..?, मान्छे त्यसको कुराले अलि चकित भयो , भन के ?

त्यसले सोच्यो आफूलाई भन्नासाथ कसरी कान तिखारेको । एकछिन अगाडिसम्म ढुङ्गाले हानेर मार्छु भन्ने मान्छे अहिले रहस्यको पत्तो पाउन कस्तरी नरम देखिएको छ ।

यही मौका हो मान्छेलाई फसाउने , स्यालले सोच्यो ।

अघि बिहान यता डुलिरहँदा मैले एकजना मान्छेलाई कुवाको डीलमा उभिएर ईश्वरसँग प्रार्थना गरिरहेको देखें । यस्तो एकाबिहान को मान्छे यहाँ के गर्दै होला भनेर म पनि चियो लिन नजिक गएँ । त्यो मान्छेले चारैतिर हेरेर काखीमा लुकाएको पोकाबाट सुनको एउटा बाकस झिक्यो र भन्यो – हे भगवान ! हजूरबाट नै निगाह भएको यो दैवी शक्ति भएको सुनको बासक जुन खोलेपछि भन्याभन्या चीज प्राप्त हुन्छ लाई केही दिनको लागि यहाँ नासो छोडेर जाँदैछु । परदेशमा केही हुनसक्छ । यहाँ रहे हजूरकले रक्षा गर्नु हुनेछ ।

यति भनेर त्यसले सुनको बाकसलाई पोको पार्यो र कुवामा फ्यालेर आफ्नो बाटो लाग्यो । त्यो बाकस भेट्टाएँ भने त मैले कहीँ शिकार खोज्न जानै पर्दैन, कहीँ भौंतारिनै पर्दैन । यहीँ बसीबसी शिकार प्राप्त हुन्छ । यही सोचेर म अहिले त्यै बाकस खोजिरहेछु । हामी मिलेर भेट्टायौं भने पालैपालो दुबैले काम लिनेछौं ।, भन्दै स्यालले मान्छेलाई हे¥यो । त्यसपछि पानीभित्र हात घुसार्यो र छामछाम छुमछुम गरेर खोजे जस्तो गर्न थाल्यो ।

सुनको बाकस ! त्यो पनि दैवी शक्ति भएको !

त्यो मान्छेले मनमनै गम्यो । त्यो बाकस मैले पाएँ भने त जिन्दगीमा के नै चाहियो र अरु ! कामै नगरी सा¥है सुखी एवं धनी मान्छे बन्नेछु ।
त्यसले देख्यो, मान्छेको अनुहारमा फलाम आगो हुन थालेको छ अब घनले ठोके पनि भयो ।

पाएँ पाएँ..उँ, तर उठाउन कति गाहारो , भित्रबाट स्याल करायो ।

यो सुनेर मान्छेले आफूलाई थाम्न सकेन । आँखामा , मनमस्तिष्कमा सुनको बाकस र त्यसका तिलस्महरु झझली आउन थाले । ऊ कुवाभित्र फाल हालिहाल्यो ।

खै खै कहाँ छ ?, मान्छेले अत्तालिंदै सोध्यो ।

स्यालले उःयता भनेर औंला सोझ्यायो ।

त्यतातर्फ मान्छेले निहुरेर हात घुसा¥यो । यतिकै बेला स्याल मान्छेको ढाडमा चढेर बुद्रुक्क उफ्र्यो ।

स्याल बाहिर निस्केर टाप कस्यो । तर मान्छे कुवाभित्र अझै सुनको बाकस खोज्दैछ ।