Thursday, 17, October, 2019

कसैलाई आपत् , बिपद् परे मोबाइल नम्बर 9808438455 मा सम्पर्क राख्न यूवा नेता राज घिमिरेको अनुरोध

ललितपुर । समाजसेवी, यूवा नेता राज घिमिरेले यदि कोहि कसैलाई अफ्ट्यारो, आपद, बिपद परे आफुसंग सहयोग लिन आग्रह गरेका छन् ।

समाजसेवामा अहोरात्र खटिने समाजसेवी घिमिरेले कसैलाई अफ्ट्यारो परे आफ्नो निजि गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिरहेका छन् । यसपटक पनि उनले निरन्तर परेको बर्षाले देसैभर जनजीवन कस्टकर हुँदै गर्दा अफ्ट्यारोमा परेका मानिसको उद्धार गरिरहेका छन् ।

शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाको कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित बनेको छ । निरन्तर वर्षाले उपत्यकाको कलंकी, वनस्थली, सामाखुसी, तीनकुने, बानेश्वर, मुलपानी, भक्तपुरको सल्लाघारी, ललितपुरको पाटनलगायत स्थानमा पानी जमेर आवतजावतमा समेत समस्या भएको छ ।

बिहिबारदेखि जारी वर्षाले देशभर विपद् निम्त्याइरहेका बेला शुक्रबार दिनभर नै उनि ललितपुरमा उद्धार र राहतमा जुटे । उनले कसैलाई आपत्, विपद् परे तत्काल आफुलाई मोबाइल नम्बर 9808438455 मा सम्पर्क राख्न पनि अनुरोध गरेका छन् ।

उनले आफ्नो समाजिक सन्जाल फेसबुक पेजबाटै  यस्तो आह्वान गरेका हुन् । उनि भन्छन् – “बर्षाले धेरै धनजनको क्षती भएको छ र अझै बढने क्रम भएकोले उद्दार अनि राहतको आवश्यकता  छ । तसर्थ  यो समय सबैलाइ सहयोगमा जुट्न आग्रह गर्दछु ।”