Saturday, 19, October, 2019

सबै कम्युनिष्ट नेकपामा समाहित हुनुपर्छ – अध्यक्ष दाहाल

काठमाडौं, २० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन सबै कम्युनिष्ट नेकपामा समाहित हुनुपर्ने बताएका छन् । नेकपाको पार्टी मुख्यालय धुम्रबाराहीमा आज पार्टी प्रवेश कार्यक्रममा उहाँले मोहनविक्रम सिंहदेखि नारायणमान बिजुक्छे ‘रोहित’ सम्मका कम्युनिष्ट नेतालाई नेकपामा एकतावद्ध भई मुलुकको विकास निर्माणमा लाग्न आग्रह गरे ।

उनले नवप्रवेशीलाई आफ्नै घरमा फर्किको भन्दै पार्टी प्रवेश गर्नु सबै खाले षडयन्त्रमाथि एउटा प्रतिवाद प्रतिनिधित्व गरेको समेत बताउनुभयो । उहाँले पार्टीमा के सम्मान गरे भने सबै कम्युनिष्ट आउँछन् सो आफूले गर्ने बताए ।

“जो जो जहाँ भए पनि वर्षौदेखिको स्कुलिङको कारण एउटै निष्कर्षमा आउँदा रहेछौं भन्ने पार्टी एकताबाट महसुस भएको छ”, उहाँले भन्नुभयो, “बाँकी रहेका कम्युनिष्ट पार्टीका नेतालाई पनि छिटोभन्दा छिटो समाहित हुन आग्रह गर्दछु, अब ढिला हुन्छ ।” उनले पार्टीमा समाहित हुनका लागि पुराना पुस्ताका केही नेतालाई कसरी सम्झाउने भन्ने चिन्ता लाग्ने गरेको बताए ।

उहाँले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ पनि एउटा धारा भएकोले नेकपामा आउनुपर्ने बताए ।
अध्यक्ष दाहालले मोहन बैद्य पनि पार्टीमा आउनुपर्ने भन्दै उनलाई कसरी बुझाउने भन्नेमा आफूलाई चिन्ता रहेको बताए । यस्तै उनले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि कम्युनिष्ट पार्टीको बहुमतको सरकार भएको बेला समाजिक न्याय, समृद्धिका पक्षमा लाग्न आह्वान गरे ।
नेता दाहालले डा बाबुराम भट्टराईको वौद्धिकता अन्त गएर कहिँ पनि सकारामत्क परिणति नदेखिने भन्दै नेकपामा प्रवेश गर्न आग्रह गरे । उनले भने, “कम्युनिष्ट आन्दोलनसँग मात्र जोडिएर उहाँको बौद्धिकताको अर्थ हुन्छ । जतिबेला उहाँ कम्युनिष्ट पार्टीमा हुनुहुन्थ्यो त्यतिबेला उहाँको धेरै नै महत्व र भूमिका थियो ।”

कम्युनिष्ट पार्टीभित्र झगडाको आविष्कार गरेर तिललाई पहाड बनाउन खोजिएको भन्दै उहाँले त्यस्ता हल्लाका पछि नलाग्न आग्रह गरे । नेपालको शान्ति प्रक्रिया विश्वको सफल शान्ति प्रक्रिया भएकोले यसलाई एक थरीले भाड्न लागीपरेको उनको
तर्क थियो ।