Saturday, 19, October, 2019

भारतीय प्रहरीको छोराबाट  नेपाली चेली बलात्कृत 

भारतमा एक नेपाली किशोरी बलात्कृत भएकीछिन् । नयाँदिल्लीमा १४ वर्षीया नेपाली किशोरीको बलात्कार भएको हो । डोटी साहिल गाविस वडा नं.४ स्थायी बासिन्दा रहेका नाम परिवर्तित हरिबहादुर परियारकी छोरी बलात्कृत भएकी हुन् ।                                                                                                        उनलाई बलात्कार गर्ने युवक भारतीय प्रहरीका छोरा रहेको माइती इन्डियाले जनाएको छ। किशोरीले ती युवकको घरमा काम गर्ने गर्थिन् । दिल्ली पुलिसमा कार्यरत दलविर सिंहका ३३ वर्षीय छोरा पंकज सिंहले गत जुन ३० मा किशोरीको बलात्कार गरेको बताईएको छ । आरोपित युवक २ छोराछोरीका पिता समेत हुन् ।

नेपाली किशोरी बलात्कृत भएको सूचनाको आधारमा नेपाली जनसम्पर्क समिति र माइती इण्डियाको संयुक्त टोलीले मेहरौली थानामा पुगी उजुरी दर्ता गराएका थिए। माइती इन्डियाकी सीता अधिकारीले विज्ञप्ति जारी गर्दै पीडित किशोरीको मेडिकल टेस्टमा पनि उनी बलात्कृत भएको पुष्टी भएको जनाईएको छ । घटना अदालतसम्म पुगिसकेको छ भने पहिलो चरणको बयान पनि भईसकेको विज्ञप्तिमा जनाईएको छ ।