काठमाडौँ न्यूरो तथा जनरल अस्पतालले पहिलो चोटी एक बालिकाको Stricture Plasty with Anoplasty With Colostomy Closure को सफलता पुर्बक अप्रेसन गरेको छ । नेपालमा नै उपचार सम्भब भएको रोगको पर्याप्त अस्पताल र डाक्टर सम्बन्धी जानकारी नपाउदा निकै सास्ती बेहोर्नु परेको थियो । बिरामी पहिला भारतको लखनउमा रहेको पी.जी.ई.अस्पतालमा जाँचको लागि लागिएको थियो । उक्त अस्पतालमा उपचार सम्भब नभए पछि बालिकालाई दिल्लीमा रहेको सर गंगाराम अस्पतालमा जानको लागि पी.जी.ई.अस्पतालका चिकित्सकहरुले सल्लाह दिएका थिए । बालिकाका बुवा निराश हुदै सर गंगा राम अस्पताल उपचारका लागि गएका थिए । सर गंगाराम अस्पतालमा पनि उपचार सम्भब नभए पछि बालिकालाई एपोलो अस्पताल ,जीवन मल्ल अस्पताल र दिल्ली कै एम्स अस्पताल रिफर गरिएको थियो ।
डा. दिनेश प्रसाद कोइराला
बाल सर्जन
एम्स अस्पतालका चिकित्सकहरुले बालिकाको उपचार भारतमा सम्भब नहुने बताएका थिए । साथी भाईहरु बाट यो रोगको उपचार नेपालमा नै सम्भब छ भन्ने सुने पछि नेपाल फर्कनु भएको थियो ।काठमाडौँ न्यूरो तथा जनरल अस्पताल सुन्धारा ,काठमाडौँ मा त्यो रोगको सम्पूर्ण उपचार बाल सर्जन डा. दिनेश प्रसाद कोइरालाले गर्ने पक्का भएपछि उहाहरु निकै खुसि हुनु भएको थियो । पछि बालिकालाई अस्पतालमा भर्ना गरि सल्यक्रिया गरिएको थियो करिब १ हप्ताको अस्पताल बसाई पछि अहिले बालिका पूर्णरुपमा ठिक छन् । पछिल्लो समय नेपालले पनि मेडिकल क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आइरहेको छ । सरकारी तबरबाट पनि नेपालमा भएका अस्पतालले दिने उपचार र डाक्टरहरुको बारेमा आम सर्बसाधारणमा जानकारी दिनु अत्यन्त जरुरि छ । बाल सर्जन डा. दिनेश प्रसाद कोइराला कोइराला अत्यन्त अनुभबी सर्जनको रुपमा परिचित रहनु भएको छ ।