Thursday, 17, October, 2019

मेरोमाइक्रोफाइनान्सले गर्‍यो नुवाकोटमा शैक्षिक सामाग्री वितरण

नुवाकोट । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले नुवाकोटको बेलकोटगढि ८ को बाहुनडाडा स्थित कल्याणी माध्यामिक बिद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष भोज प्रसाद पुडासैनी र फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संयुक्त रुपमा छात्रछात्रालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा कक्षा नर्सरी देखि ३ कक्षासम्म अध्ययनरत ११९ जना छात्रछात्रालाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि भोज प्रसाद पुडासैनीले शैक्षिक सामाग्री वितरण गर्नुहुदै संस्थाले बिद्यालयको हरेक क्रियाकलाप सहयोग गर्दै आइरहेको बताउनु हुदै आभार प्रकट गर्नुहुदै बिद्यार्थि तथा अभिभावकहरुले सामग्रीहरुलाई सहि सदुपयोग गर्नु पर्नेमा जोड दिनु भयो । त्यस्तै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत दाहालले बालबालिकाको शैक्षिक अधिकार सुश्चित गर्ने अभियान अन्तर्गत छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको बताउनुभयो । उहाले फाइनान्सले स्थापनाकाल देखि सामाजिक कल्याणकारी मार्फत विभिन्न कार्यक्रम गर्दै आइरहेको जानकारी दिदै  करिब एक हजार जना आर्थिक विपन्नतामा परेका बालबालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बताए । त्यस्तै संस्थागत गतिविधिबारे चर्चा गर्द्दै  आफ्नो कार्यक्षेत्रका बालबालिको क्षमता अभिवृद्धिका लागि रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयका ब्यवस्थापन समितीका अध्यक्ष दुर्गा प्रसाद पुडासैनीले संस्थाको नाम र चर्चा परिचर्चा रहिरहेको र विद्यालययका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकोमा आभार व्यक्त गरे ।
कार्यक्रममा फाइनानसका अधिकृत माधब न्यौपाने, बट्टार अनुगमन कार्यालयका अनुगमन अधिकृत सरोज पण्डित, बट्टार शाखा कार्यालयका शाखा प्रबन्धक सुसन श्रेष्ठ, कल्याणी शाखाका शाखा प्रबन्धक रेमन कार्की, रातमाटे शाखाका शाखा प्रबन्धक महेन्द्र आचार्य, वडा कार्यालयका सदस्यहरुको सहभागीता रहेको थियो।