Saturday, 19, October, 2019

अभिनेत्री करिश्मा मानन्धरले ल्याइन् बी प्लस,नेकपाकी सांसद शान्ता चौधरीले ल्याइन बी ग्रेड

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर एसईई परीक्षामा ३ जीपीए नम्बर (बी प्लस) सहित उत्तिर्ण भएकी छन्। २०७५ सालमा उनले एसईई परीक्षा दिएकी हुन्। तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो। यो वर्ष ४ लाख ५० हजार २७५ परिक्षार्थी एसइइ मा सहभागी भएका थिए।२०४४ सालमा सन्तान चलचित्रबाट सुरु भएको करिश्माको अभिनय यात्राले अझै पनि ‘करिश्मा’ देखाइरहेको छ ।

यता, नेकपाकी सांसद तथा सचेतक रहेकी शान्ता चौधरी एसईई परीक्षामा बी ग्रेड ल्याएर उत्तीर्ण भएकी छिन् । दाङको तुलसीपुरस्थित तुलसीपुर माध्यामिक विद्यालयबाट परीक्षा दिएकी शान्ता बी ग्रेडमा उत्तीर्ण भएकी हुन् ।


२०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएकी थिइन् । उनी खुला विद्यालयमा भर्ना भएकी थिइन् ।

चौधरी २०६४ को पहिलो संविधानसभामा पनि तत्कालीन एमालेको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन् ।

यस्तै चौधरीसँगै एसईई दिएकी उनकी छोरी बिनु चौधरीले बी प्लस ल्याएर उत्तीर्ण भएकी छिन् ।

१७ वर्षीया छोरी विनुले बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिएकी थिइन् ।