Sunday, 09, May, 2021

बनेपामा पनि युवतीमाथि सिरिञ्ज प्रहार

काभ्रे । बनेपाको ब्यस्त बजारमा मंगलबार राति सवा ८ बजे हिडिरहेकी ३४ बर्षीया युवतीलाई हातमा सिरिन्ज हानेर एक युवती फरार भएकी छिन् । घर फर्कँदै गर्दा बाटोमा उनलाई अपरिचित युवतीले धक्का दिदै हातमा सिरिन्ज हानेर फरार भएकी हुन् ।

राजधानीमा सिरिन्ज आतंक फैलिएसँगै राजधानीसँगै जोडिएकोे बनेपा नगरपालिका– ८ करुणा मार्गमा ठमेल घर भई बनेपामा २०७२ साल देखि बस्दै आएकी युवतीलाई सिरिन्ज प्रहार गरिएको हो । ‘दिदीको घर डेराबाट केहि पर छ, राति सवा ८ बजे दिदीको घरबाट १३ बर्षिया छोरी र म फर्कर्दै थियौं’–उनले भनिन–‘बाटोमा विपरित दिशाबाट आउँदै गरेकी एक युवती ठोक्किन आईन र हातमा हात जुधाएर अघि बढिन् ।’ ‘उसँग ठोक्किए लगत्तै हातमा चसक्क भयो, म चिच्याएँ, छोरीले के भयो भन्न नपाउँदै फर्केर हेर्दा ती अधबैशे उमेरकी युवती फटाफट आफ्नो बाटो लागिन्’–उनले भनिन् –‘म कोठामा गएँ खाना खाएर सुतें तर हात दुखेर सुत्न सकिन । छोरी र म एउटा कोठामा सुत्ने भएकाले उनलाई भनें तर उनी निद्रामा भएकाले वास्ता गरिनन् ।’

‘विहान उठ्दा समेत हात दुख्न छाडेन’–ती युवतीले भनिन्–‘हात मर्काउँदै एक्सरसाईज गर्दा त झन सुन्निए आयो । तत्कालै नाला दोबाटोमा रहेको मेडिकलमा गएँ । मेडिकलमा किराले टोकेर सुन्निको होकी भनेर जिज्ञासा राख्दा मेडिकलवालाले किराले टोकेको प्वाल नभई सियो घोपेको जस्तो देखियो भनेपछि म आतिएँ ।

तत्कालै उहाँले नै टेकु जानु भन्नु भयो ।’ ‘टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आधा दर्जन डाक्टरहरुले सिविसि, आरएफटी, एलएफटी, एचविएसएजी, एचसिभी, एचआईभी एड्स लगायतका जाँच गर्नु भयो र तत्कालै एचआईभी एड्स विरुद्धको औषधी खान दिनु भयो’–युवतीले भनिन–‘प्रहरीले पनि अनुसन्धान शुरु गरेको छ । निरन्तर यस्तो घटना हुनुले प्रहरी नै आश्चर्यमा परेको छ ।

महानगरिय प्रहरी परिषरले यो घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ भने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.बासुदे पाण्डेले सिरिञ्ज आक्रमण भएका भनिएका यूवतीहरुको रगत जाँच गरिएको छ यसको नतिजा आउन अझै ३ महिना लाग्ने बताए ।

उनका अनुसार यूवतीहरुमा सिविसि, आरएफटी, एलएफटी, एचविएसएजी, एचसिभी, एचआईभी एड्सको शंका लागेको र सो घोपेर प्वाल पार्ने बस्तु सिरिञ्ज हो यो अरु केहि सामग्री हो त्यसबारे पनि गहन अनुसन्धान भइरहेको बताए ।