Saturday, 19, October, 2019

विकासप्रेमी सासंद पुनको मिहेनतले ललितपुरले मुहार फेर्दै (फोटो फिचर)

 

ललितपुर क्षेत्र नं १ (क) प्रदेश सभा सांसद लालकुमारी पुन सुसिला क्षेत्र नंम्बर १ को विकासका लागि अहोरात्र खटिरहेकी सांसद हुन् । उनको अथक मिहेनतका कारण ललितपुरले क्रमश विकासको गति लिइरहेको छ ।

निर्वाचनमा जनतासंग गरेको वाचा उनले क्रमश पुरा गर्दै गइरहेकी छन् । २०७५ सालमा प्रदेश सभामार्फत् उनले विभिन्न वडाहरुमा २५ करोड बराबरको बजेट विनियोजन गरेकी छन् । जसका कारण विकास निर्माणको काम तिव्र गतिमा भइरहेको छ ।

लाल कुुुमारी  पुुुनबाट ललितपुरमा कहाँ कति बजेट विनियोजन भयो?

(१) गो.न. पा १ कार्किटार मुल्पानी ललितघुम्ती जोड्ने मोटर बाटोको लागि (१ करोड)

(२) गो न पा १ गोदामचौर सिन्चाइ कुलो ( ५ लाख )

(२) गो न पा २ बिसन्खु नारायण तृबेणी चापाखर्क सडक ( ५० लाख)

(३) चापाखर्क खानेपानी ( ५० लाख )

(४) चापाखर्क बिजुली (६० लाख)

(५) फुल्चोकी पदमार्ग (६० लाख)

(६) गो न पा ३ स्टेडियम निर्माण (१ करोड)

(७) किटिनी कलेज (२५ लाख)

(८) गो न पा ३ बिजुली ( ५० लाख

(९)  गो न पा ३ सिन्चाइ कुलो ( ५ लाख )

(१०) गो न पा ४ बडिखेल तपेसोर ( ५० लाख)

(स्) गो न पा ४ बडिखेल बिजुली ( ५० लाख)

(११) जेस्ट नागरिक भवन तथा ट्रस्ट ( ४९,९९९ ) र

(१२) लेले ५ मनकामना मोटर बाटो ( ५० लाख )

(१३) लेले ५ सिंचाइ (१० लाख )

(१४) ज्ञान कुन्ज नया बस्ती पहिरो नियन्त्रण , लेले ५ (३० लाख)

(१५) गो न पा ५ एकीकृत बस्ती अध्ययनको लागि (७५ लाख )

(१६) गो न पा १३ झरुवारासी थापागाउ देखि पस्मिना सम्म मोटर बाटो ( ३२ लाख)

(१७) कोन्जेसोम गाउँ पालिका ५ भार्देउ श्री कालेस्वर माबी बिध्यालय भवन निर्माण ( ५० लाख)

(१८) कोन्जेसोम गा पा ५ भार्देउ पनौती काभ्रे जोड्ने सडक ( ४० लाख )

(१९) कोन्जेसोम ५ , फुल्बारी डाडा प्रतीक निर्माण  (४० लाख )

(२०) कोन्जेसोम ५ , सिम्भन्ज्याङ दलचोकी सडक स्( ४० लाख )

(२१) ठोस्ने खोला नियन्त्रण , चौघरे स्( २५ लाख )

(२२) तुगाल खोला नियन्त्रण गो न पा स्( २० लाख)

(२४) रातामाटे कालेस्वर मोटर बाटो ( १ करोड २६ लाख)

रोल्पा जिल्लाको माडीचौर जस्तो विकट ठाउँमा वि।सं।२०३५ सालमा जन्मिएकी पुनले  आफ्नो राजनीति यात्रा वि.सं २०४८ सालमा गा.वि.स स्तरिय कमिटीमा तत्कालीन ने.क.पा.(एकताकेन्द्र) मा आवद्ध भइ थालनी गरेकी हुन् ।

विभिन्न मोर्चाहरुमा सक्रियता देखाउदै आएकी पुनले २०६४ सालबाट निरन्तर ललितपुर जिल्लालाई राजनीतिक कर्मथलो बनाई क्रियाशिल रहेकी छन् । अहोरात्र जनताको सेवामा खटिने सासंद पुनले गरेका विकास निर्माणको कामको स्थानियले स्वागत गरेका छन् । उनले विशेषगरि शिक्षा, स्वास्थ्य, खेलकुद, बाटो आदीलाई विशेष महत्व दिएकी छन् ।