Tuesday, 02, March, 2021

फिर्ता लियो सरकारले गुठी विधेयक

काठमाडौं । चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ ।
भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।

विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको उनले बताइन् ।

प्रधानमन्त्रीको पत्रकार सम्मेलन भन्दा केही मिनेट अगाडि मात्र मन्त्रीले विधेयक फिर्ताको निर्णय सुनाएकी हुन् ।