Wednesday, 24, February, 2021

मन रुवाउने तस्बिर, जहाँ शिक्षिकाहरुको नैतिकता हरायो

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा तस्बिर निकै भाईरल बनिरहेको छ ।
जुन तस्बिर हेर्दा साँच्चिकै मानिसहरुमा नैतिकता , जवाफदेहीयता र मानवता नै हराउदै गएको बुझ्न सकिन्छ । कुरा हो एउटा यस्तो तस्बिर जहाँ एक बिद्यालयमा दुई छात्राहरु बेहोस भएको देखिएको छ भने नजिकै रहेका दुई शिक्षिकाहरु ती बिद्यार्थीलाई हेरचाह गर्नुको साटो मोबाईलमा व्यस्त देखिएका छन् ।

उक्त तस्बिरलाई यतिबेला शिक्षिकहरु र बिद्यालय प्रशसनको चर्को आलोचना भईरहेको छ । हुन पनि किन नहोस विद्याको मन्दिर जहाँ शिक्षक शिक्षिकालाई भगवान मानिन्छ अझ भनौँ शिक्षिकाहरु त आमा सरह हुन तर उक्त तस्बिरले त्यो भ्रम होकी भन्ने बनाउँछ ।

उक्त तस्बिर हो मोरङको सुन्दरहरैचा नगरपालिकाको एक सामुदायिक विद्यालयको जहाँ बिद्यार्थीहरु पटक पटक बेहोस हुँदै आएका छ्न । पटक–पटक एउटै कक्षाका विद्यार्थी बेहोस हुँदा पनि ती नजिकै बसेका शिक्षिकाहरुमा नत कुनै जिम्मेवारी देखिएको छ नत कुनै चिन्ता ।उनीहरु मोबाईल चलाउनमा नै व्यस्त छन् ।

बरु नजिकै रहेका अन्य बिद्यार्थीहरुले बेहोस भएका छात्राहरुलाई कापीले हम्किएर हेरचाह गरिरहेका छन् । कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी दुईपटक बेहोस भइसकेका छन् । बिद्यालयमा बिद्यार्थीहरु किन बेहोस भए भन्ने चाही खुलेको छैन । प्रधानाध्यापक सुनिलकुमार झाका अनुसार सम्भवत गर्मी र शरिर कमजोर भएको कारण बेहोस भएको हुन सक्छ । यता उक्त सम्वेदनशिल घटनामा आफ्नो जिम्मेवारी पुरा नगर्ने शिक्षिकाहरुमाथि कारवाही गर्ने विद्यालयले जनाएको छ ।