Thursday, 17, October, 2019

नेपालकै जेष्ठ नागरिक बाटुली लामिछाने सम्मानित

नुवाकोट । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ११७ वर्षीया बाटुली लामिछानेलाई सम्मान गरेको छ । उनी नेपालकै जेष्ठ नागरिक भन्दै मन्त्री थममाया थापाले शनिबार बाटुलीलाई नगद २५ हजार सहित सम्मानपत्र र फूलमालाले अभिनन्दन गरेकी थिईन् ।

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर(८ स्थित लामिछानेको घरमै पुगेर मन्त्री थापाले सम्मान गरेकी हुन् । गाउँपालिकाका अनुसार लामिछानेको जन्म १९५९ चैत्र १० गते सिन्धुपाल्चोकको गिरानचौरमा भएको उनको नागरिकतामा उल्लेख छ । पछि उनको परिवार ककनी बसाइ सरेको हो ।

मन्त्रीले सम्मान गरेपछि लामिछानेलाई ककनी गाउँपालिकाले मासिक १० हजार दिने घोषणा पनि गरेको छ ।