Tuesday, 20, April, 2021

तिलगंगा आँखा अस्पताललाई नेपाल अर्बुद रोग निवारण संस्थाको सहयोग

काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाको सकृयतामा स्थापित ओपन आई ग्लोबलले चार लाख रुपैया तिलगंगा आँखा अस्पताललाई सहयोग गरेको छ ।

नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ ‘ईश्वर’ ले तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङलाई हस्तान्तरण गरेका छन् । विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रमका अवसरमा आयोजित समारोहमा चेक हस्तान्तरण गरिएको हो । गरिव, असाहाय, बालबालिकाको आखामा हुने क्यान्सर रोगको उपचारको लागि सो रकम उपलब्ध गरीएको नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ ‘ईश्वर’ ले बताए ।

प्रत्येक बर्ष ४० जना बालबालिकाका लागि यो सहयोग गरिने पनि अध्यक्ष श्रेष्ठले बताए । त्यसैगरि, अर्बुद रोग निवारण संस्था,भक्तपुर क्यान्सर अस्पतालले स्वास्थ्य कर कोषबाट पाउने रकम अघिल्लो सालदेखि नपाएको जानकारी गराएको उनले बताए ।

साथै बिपन्न क्यान्सर रोगीहरुलाई सरकारले उपलब्ध गर्दै आएको एक लाख अपुग हुँदाहुदैँ पनि सो रकम पनि ८ महिनादेखि नपाउदा बिरामीहरु मर्कामा परेको भन्दै भक्तपुर क्यान्सर अस्पताले यथासिघ्र सरकारले रकम उपलब्ध गराउन अनुरोध गरेको अध्यक्ष श्रेष्ठले बताए ।

सरकारसंग अस्पतालले कÞरीब दश करोड रुपैँया लिन बाँकी रहेको पनि अस्पतालले स्वास्थ्य सचिव चौधरीलाई जानकारी गराएको नेपाल अर्बुद रोग निवारण संस्थाका निबर्तमान अध्यक्ष दिवाकर राजकर्निकारले बताए ।

सरकारसंग लिन बाकि रहेको जानकारी गराउदै चाडो भन्दा चाडो रकम उपलब्ध गराई दिन अनुरोध गरिएको अर्बुद रोग निवारण संस्थाका महासचिब बिमल होडाले बताए ।