Friday, 23, April, 2021

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारी आज स्वादेश फर्कदै

काठमाडौ । बेल्ट एण्ड रोड सम्मेलनमा सहभागि हुन चीन पुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै हुनुुहुन्छ ।

चीन भ्रमणमा रहनुभएका राष्ट्रपति भण्डारी हिजो तिब्बतको राजधानी ल्हासा पुग्नुभएको हो । ल्हासा भ्रमणको क्रममा स्वास्थ्य अवस्थामा असहजता महसुस गरेपछि उहाँ आज नेपाल फर्कदै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारी आज बिहान १०ः४० को विमानबाट नेपाल फर्कन लाग्नुभएको हो । निर्धारित समयभन्दा एक दिन अगावै स्वेदश फर्कन लागेकी हुन् ।

उहाँ वैशाख ११ गते चीन प्रस्थान गर्नु भएको थियो । ९ दिने भ्रमण पुरा गरी उहाँ वैशाख १९ गते अर्थात भोलि स्वदेश फर्कने कार्यक्रम तय भएको थियो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी हुनुभएको थियो ।

उहाँले चिनियाँ समकक्षी सि चिनफिङसँग दुईपक्षीय भेटवार्ता समेत गर्नुभयो । भेटकै अवसरमा पारवहन प्रोटोकलसहित विभिन्न ७ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।