Thursday, 23, September, 2021

नेपालले जलवायु परिवर्तनको अन्यायपूर्ण भार ब्यहोर्दैछन् : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नेपाल जस्ता मुलुकहरुले जलवायु परिवर्तनको अन्यायपूर्ण भार ब्यहोर्न परेको बताएकी छन् ।

चीनमा जारी बिआरआई सम्मेलनअन्तर्गत ‘संयुक्त राष्ट्रसंघीय सन् २०३० का एजेन्डा कार्यन्वयनका लागि हरित तथा दिगो विकास प्रवद्र्धन’ विषयको गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै नगन्य मात्रामा कार्बन उत्सर्जन गर्ने नेपालले मार सहनु परेको उल्लेख गरिन । जलवायु परिवर्तनले खतराको घन्टी बजाइरहेको उनको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले पृथ्वीले धान्नै नसक्ने गरी बढिरहेको उत्पादन र उपभोगको प्रवृत्तिले वातावरणीय विनाशलाई तीव्रता दिइरहेको बताइन । नेपाल अग्ला चुचुराहरु गर्मीमा शीतलता र जाडोमा न्यानोपनका स्रोतहरु भएको उल्लेख गर्दै उनले पर्यावरण प्रणालीका अभिन्न अंगका रुपमा रहेका हिमालय शृंखला मानव जगतका साझा सम्पत्ति भएको बताइन ।

राष्ट्रपति भण्डारीले वातावरणीय दृष्टिकोणबाट हानिकारक देखिएका विकासका मोडलको पुनरावलोकन गर्ने बेला आएको बताइन । उनले प्राचीन सिल्क मार्गको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बीआरआइसँग जोडिएकाले नेपालको आर्थिक रुपान्तरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।