Friday, 07, May, 2021

समाजसेवी श्रेष्ठले गरे ह्विल चेयर वितरण

सिन्धुली । नेपाल अर्बुद रोग निवारण सस्थाका केन्द्रिय अध्यक्ष एवं समाजसेवी लोकेन्द्र कुमार श्रेष्ठले सिन्धुली जिल्ला सुनकोसी गाउँ पालिका वडा न २ नेपालथोक निवासी ७६ बर्षीया बिरामी पबित्रामाया श्रेष्ठलाई व्हिल चेयर हस्तान्तरण गरेका छन् । लायन्स क्लब अन्तर्रा्ष्ट्रिय डिस्ट्रिक 325A-2 नेपालका पुर्ब डिस्टिक गवर्नर के पि अवाल बाट उपलब्ध ह्विल चेयरले बिरामीलाई केहि सहजता हुने आफूले विश्वास लिएको श्रेष्ठले बताए ।

लायन्स क्लब अन्तरास्ट्रिय डिस्टिक 325A-2 चिफ काउन्सिलर बिमल कुमार होडाले नेपाल अर्बुद रोग निवारण संस्थाले बिभिन्न जील्लाका बिपन्न, अशक्त र जेष्ठ नागरिकहरूलाई विभिन्न कार्यक्रम मार्फत हिव्ल चेयर वितरण गर्दै आएको जानकारी दिए । उनले हाल क्लबले हेल्थ क्याम्प मार्फत् प्रदेश नं १ र २ मा स्वास्थसेवा उपलब्ध गराइरहेको जानकारी दिए ।