Friday, 24, September, 2021

पार्टी एकता हुन्छ भनेर ज्योतिषीले किन भन्न सकेनन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टी एकताले एउटा रूप पाएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्ववर्ती सरकारले मुलुक बर्बाद पारेको आरोप लगाए।

‘अहिले बहुमतको मात्र होइन बलियो सरकार छ। विकासमा लागि परेको छ,’ उनले भने, यही सरकारले विकास गर्छ, तपाईंहरु हेर्दै जानुस्।’उनले भने, ‘अर्थतन्त्र ठीक बाटोमा छ, केही मान्छेहरु नेकपाले गरेको विकास हेर्न सकिरहेका छैनन्, तिनीहरुलाई पनि हामीले विकास देखाएका छौं।’

प्रतिपक्षी कांग्रेस अहिले राजा फर्काउने दाउमा लागेको उनको आरोप थियो। मुलुकमा तीव्रतर आर्थिक वृद्धि भइरहको भन्दै उनले मेलम्ची आयोजनाका ठेकेदारलाई जसरी पनि फर्काउने विश्वास दिलाए।उनले भने, ‘नेपाल विकासमा धेरै अगाडि बढिसक्यो, अर्थतन्त्र बलियो छ, केही केही मात्र कमजोरी छन्, मेलम्ची भाग्दैमा केही हुँदैन। केही दिन पछि साथीहरुले विकास देख्नुहुनेछ। उनले नेकपा टुक्रिन्छ भन्ने ज्योतिषीले नेकपाको एकता हुन्छ भनेर किन भन्न सकेनन्रु दुई वटा एक हुन्छ भन्ने किन थाहा पाएनन्, यो किन देखेनन् ज्योतिषीलेरु उनले फेरि व्यंग्य गर्दै भने, ‘त्योभन्दा बढी अभिभारा बोकेर हिँडेको पार्टी हो यो, यसै पार्टीले देश बनाउँछ। यो पार्टी फुट्न सक्ने अवस्थामा छन् भनेर त भने, तर, हाम्रो एकता भवितव्यले भएको हैन।’त्यसैगरि उनले भ्रष्टाचारीलाई नियन्त्रण गरेरै छाड्ने दाबी पनि गरे।