Thursday, 23, September, 2021

चुनौतिका वीच पनि एकता गरेरै छाड्यौं– अध्यक्ष प्रचण्ड

काठमाडौं, ९ बैशाख । नेपाल कम्युननिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै चुनौतिका वीच पार्टी एकता गरेरै छाडेको दावी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७०औं वार्षिकउत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले आफुहरुले जनतासँग गरेको बाचा पुरा गरेको जिकिर गरे । उनले भने – ‘हामीले बिलकुल विचलित नभई अघि बढ्यौं र पार्टी एकता गरेरै छाड्यौं।’

प्रचण्डले नेपालको शान्ति प्रक्रियाप्रति पनि शंका पैदा गर्ने कोसिस भएको बताए। ‘हाम्रै घर आँगनमा मौलिक ढंगले पैदा भएको शान्ति प्रक्रियाप्रति शंका पैदा गरियो,’ उहाँले भन्नुभयो, ‘यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम छ भन्ने कुरामा आशंका गरियो।’
जनयुद्ध र जनआन्दोलनलाई एकअर्काको पुरक बनाउँदै आफूहरु साहसका साथ अघि बढेको बताउदै ‘दुई कम्युनिस्ट पार्टी, दुई विचारधारा र प्रयोगबाट अघि बढेका कम्युनिस्ट नेताहरु साहसका साथ अघि बढ्यौं,’ अध्यक्ष प्रचण्डले भने ।

पार्टी एकता नभए सम्पूर्ण उपलब्धि खतरामा पर्न सक्छन् भन्ने संकल्पसहित आफूहरु जिम्मेवार भएको उनको भनाइ थियो। सजिलो नभए पनि पार्टी एकताको मिसन पूरा गरेको भन्दै प्रचण्डले यसबाट प्रतिक्रियावादीका लागि झट्का लागेको र आफूहरुका लागि नयाँ उत्साह भएको समेत उनले बताए । उनले पार्टीले माक्सवाद, लेनिनवाद विचारधारमा टेकेर समाजवादतिरको यात्रामा अघि बढ्ने समेत जिकिर गरे ।