Friday, 07, May, 2021

पुर्ब भारतीय गोरखा सैनिकहरूलाई भक्तपुर अस्पतालले सुविधासहित उपचार गर्ने

भक्तपुर । नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पतालले भुतपुर्ब भारतिय गोर्खा सैनिकहरूलाई सुलभ सेवासहित उपचार गर्ने बताएको छ ।

भारतिय सैनिक दुताबाससंग भक्तपुर क्यान्सर अस्पतालले गर्ने सहयोग र दुतावासले अस्पताललाई गर्न सक्ने सहयोगकाबारे भएको छलफलमा अस्पताललले पुर्ब भारतीय गोरखा सैनिकहरूलाई पुर्ब भारतिय गोरखा सैनिकहरू उपचारको क्रममा भारत जानु नपर्ने व्यवस्थासहित सुविधासहित उपचार गराउने निर्णय गरिएको भक्तपुर क्यान्सर अस्पतालका अध्यक्ष ईश्वर श्रेष्ठले बताए । उनका अनुसार अस्पतालले भारतीय प्रधानमंन्त्री नरेन्द्र मोदीबाट उपहारस्वरूप प्रदान भावाटोन कोबाल्ट मेसिन पनि छिट्टै जडान गरीने जानकारी  दिए ।

अस्पतालले खरीद गरेको अत्याधुनिक उपकरण लिनायक एक्सीलेटर मेसीन जडान तिब्रगतिमा भईरहेकोले अब केही दिनमै मेसिनबाट उपचार शूरु गरिने बोर्ड सदस्य बिमल होडाले बताए ।

नयाँ वर्षसंगै अस्पतालले अत्याधुनिक उपकरणहरूसगैं सेवा सुबिधा बिस्तार गरी बिहान ९ बजे बाट बेलुका ४ः३० बजे संम्म अस्पताल खुल्ने र आकास्मिक सेवा २४ सै घण्टा खुल्ने अस्पतालका अध्यक्ष श्रेष्ठले बताए । बैठकमा अस्पतालका मेडीकल डाईरेक्टर प्रा.डा ऋषिकेश नारायण श्रेष्ठ, भारतीय सैनिकका तर्फबाट सहायक सैन्य अटैची (भारतिय दुताबास) लेफ्टिनेंट कर्नल उदय बिजय सागेन ई. सी.एच.एस पोलिकिलनिककी डा. सबिता पौडेल बिच छलफल भएको थियो ।