Friday, 07, May, 2021

महिलाको पाठेघरमा १० के जी को ट्युमर


६५ बर्षिया एक महिला को पाठेघरमा १० के जी को ट्युमर भेटिएको छ । नेपाल अर्बुद रोग निवार्ण संस्था अन्र्तगतको भक्तपुर क्यन्सर अस्पतालमा उपचारका लागि आएकी ती महिलाको पेट अत्यन्त ठूलो देखिएकोे थियो । अस्पतालका चिकित्सकहरुको प्रयासमा सो क्यान्सरको क्यान्सरको मास(डल्लो) झिकेर फालिएको छ ।

स्त्री तथा क्यान्सर रोग विशेषज्ञ अंकोंलोजीष्ट डा. एलिजा श्रेष्ट टोलिले सफल सल्यक्रिया गरेको हो । अशिक्षा र गरिबीका कारण अझै पनि दुर्गम भेगका महिलाहरु आफ्नो शरिरभित्र पलाएको क्यान्सरसमेत पालेर राख्न बाध्य छन् ।

सरकारले दुर्गम भेगका नागरिकसम्म स्वास्थ्य सेवा शिक्षाको पहूँच पुर्याउन नसेकेको यो घटनाले देखाएको अर्बुद रोग निवारण संस्था एवं भक्तपुर क्यान्सर अस्पतालका अध्यक्ष ईश्वर श्रेष्ठको भनाइ छ ।