Friday, 07, May, 2021

नयाँ वर्षको पहिलो दिन नै विमान दुर्घटना : को-पाइलटसहित ३ जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर, समिट एअरको जहाज आपसमा ठोक्किँदा  ३ जनाको  घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्का, असई रुद्रबहादुर श्रेष्ठकको मृत्यु भएको हो।

श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ । दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर। लामा र ४ यात्रुको अवस्था सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिनु भयो ।  समिट एअरको हेलिकोप्टरले लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए। उनका आनुसार घटना आज बिहान साढे ९ बजेतिर भएको हो।