Friday, 07, May, 2021

पर्यटकप्रति सकारात्मक दृष्टिकोण राखौं : प्रधानमन्त्री ओली

काठमाडौं, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउनु जरुरी रहेको बताएका छन् । उनले विमानस्थलका प्रत्येक कर्मचारीको व्यवहारमा सुधार ल्याउनु पर्ने बताए ।

नेपाल भ्रमण वबर्ष २०२० मूल आयोजक समितीको तेस्रो बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । प्रधानमन्त्री ओलीले विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने,नियम कानुन भन्दा बाहिर गएर व्यबहार गर्ने गर्दा पर्यटकहरुले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “सबभन्दा पहिला एयरपोर्टका अधिकृतहरुलाई तालिम दिनु पर्दछ ।

उनीहरुलाई दम्भ छोड भन्नुपर्छ ” प्रधानमन्त्री ओलीले भने“देशको इमेज बिग्रने गरी पर्यटकसँग व्यबहार गर्नु भएन । एयरपोर्टमा त नेपालको बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो ।”
प्रधानमन्त्री ओलीले भ्रमण बर्षको तयारीका लागि सबै क्षेत्रलाई जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न,सडक सफा गर्न ,होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रका मानिसहरुलाई पर्यटक मैत्री व्यबहार गर्न सिकाउनु पर्ने बताए ।