Saturday, 16, January, 2021

वरिष्ठ नेता नेपाल अस्पताल भर्ना

चैत्र २६, २०७५
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारार्थ भर्ना भएका छन् । आइतवार ज्वरो बढेपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको उनका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए । दैनिक कार्यक्रममा जाँदा दौडधुप बढी भएकोले उनलाई ज्वरो आएको बताइएको छ ।

नेता नेपाल गत साता बारा र पर्सामा हावाहुरी आएपछि त्यहाँ गएका थिए । उनलाई त्रिविका चिकित्सक डा.सन्तकुमार दासको टोलीले उपचार गरिरहेको छ । स्वकीय सचिव पौडेलले उनको ेज्वरो सामान्य भएकाले चिकित्सकको सल्लाहमा आजै अस्पतालबाट घरफिर्ता गरिने जानकारी गराए ।