Friday, 07, May, 2021

पाँच नम्बर प्रदेश सरकारले हावाहुरीका पीडितलाई १ करोड सहयोग गर्ने

बुटवल– चैत २२                                    पाँच नम्बर प्रदेश सरकारले दुई नम्बर प्रदेशका बारा र पर्सा जिल्लामा भएको हावाहुरीका पीडितलाई १ करोड रुपयमा सहयोग गर्ने भएको छ । गत आइतबारको हावाहुरीबाट घाइते तथा घरबिहीन बनेका पीडितहरुका लागि प्रदेश नं. ५ को सरकारले एक करोड रुपैयाँ राहतस्वरूप प्रदान गर्ने निणर्य आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा भौतिक पू्र्वाधारमन्त्री बैजनाथ चौधरीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्ताव मा आर्थिक योजना मन्त्रालयले उक्त सहयोग प्रदान गर्ने बताए ।यसअधि रुपन्देहीको तिलोत्तमा नगरपनालिकाले ४ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । आईतबार आएको हावाहुरीले पीडित तथा घाईतेहरुलाई यस क्षेत्रबाट अन्य संघ–संस्थाहरुले पनि राहत प्रदानको अभियान थालेका छन् । प्रवक्ता तथा भौतिक पू्र्वाधारमन्त्री बैजनाथ चौधरीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्ताव मा आर्थिक योजना मन्त्रालयले उक्त सहयोग प्रदान गर्ने बताए ।