Friday, 07, May, 2021

नेहा कक्कर नेपाल आउने

‘आँख मारे, दिलबर दिलबर, काला चस्मा’ लगायतका चर्चित गीतहरूकी चर्चित गायिका नेहा कक्कर काठमाण्डौ आउने भएकी छिन् । ‘पारामाउन्ट इन्टरटेन्मेन्ट’को आयोजना हुन गइरहेको दुई कार्यक्रममा नेहाले आफ्नो प्रस्तुती दिनेछिन् ।

नेहाले चैत २७ गते काठमाण्डौको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिनेछिन् भने २८ गते ठमेलस्थित एलओडीमा प्रस्तुती दिनेछिन् । नेहाले आफू काठमाण्डौ आउन लागेको कुरा इस्टाग्राममा पनि पोस्ट गरेकी छिन् । उनले एक भिडियोमा आफू नेपाल आउन लागेको र दुई ठाउँमा प्रस्तुती दिने बताएकी छिन् । भिडियोमा बोल्दै उनले नेपालमा रहनुभएका दर्शक तथा स्रोतालाई उक्त शोमा निमन्त्रणा पनि दिएकी छिन् ।