Friday, 07, May, 2021

हावाहुरीबाट मृत्यु हुनेका परिवारलाई ३ लाख राहत दिने घोषणा

१८ चैत २०७५
जनकपुर । प्रदेश २ सरकारले आइतबार साँझ बारा, पर्सालगायतका जिल्लामा आएको हावाहुरीबाट ज्यान गुमाउनेका परिवारलाई ३ लाख सहयता प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषदको अस्मिक बैठकले घाइते सबैको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयसमेत गरेको छ ।

प्रदेश सरकारले तत्कालका लागि प्रभावितहरुलाई खानेकुरा र पानीको व्यवस्थाका मिलाउँन लागि परेको प्रदेश २ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यावदले जानकारी दिएका छन् ।

हावाहुरीका कारण धनजनको ठूलो क्षति भएपछि सोमबारका लागि तय गरिएको प्रदेशसभा बैठक पनि स्थगित गरिएको छ । प्रदेशसभा एक सूचना जारी गरी २० गतेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको जानकारी दिएको छ ।