Thursday, 17, October, 2019

काठमाडौंको तारकेश्वरमा बर्डफ्लु भेटियो, २८ हजार कुखुरा नष्ट

रासस
४ चैत, काठमाडौं । काठमाडौंको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा पालिएका कुखुरामा बर्डफ्लुको संक्रमण भएको पुष्टि भएको छ ।

तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भेटिएको हो । बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा। जयप्रकाश राय यादवले जानकारी दिए ।

उनका अनुसार, गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लुको संक्रमण देखिएको थियो । पुनः कुखुरामा संक्रमण देखिएको कारण अहिलेसम्मको अध्ययनबाट पत्ता लगाउन नसकेको उनले बताए ।बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ । अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ । प्रमुख यादवका अनुसार चार किल्लाभित्रका पंक्षी नष्ट गरी खाडलमा पुरिएकोे छ ।