Friday, 23, April, 2021

रेशम चौधरीलाई जन्मकैद फैसलापछि राजपाले लियो सरकारको समर्थन फिर्ता


२२ फागुन २०७५

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकोछ। कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीमाथि आजीवन काराबास फैसला भएपछि राजपाको आपतकालिन बैठकले यस्तो निर्णय गरेको हो।

आज जिल्ला अदालत कैलालीले रेशम चौधरीमाथि फैसला गरेपछि राजपाको अध्यक्षमण्डलको आपतकालिन बैठक बसेको थियो। सोही बैठकले सरकारलाई यसअघि दिँदैआएको समर्थन फिर्ता दिने घोषणा गरेको हो। दुई तिहाई बहुमत हुँदाहुँदै पनि संविधान सशोधन नगरेको, मधेस र थरुहट आन्दोलनका बन्दीहरूलाई रिहा नगरेको, उनीहरूमाथि लगाइएका झूट्टा मुद्दा फिर्ता नदिएको घाइतेहरूको उपचार नगराएको लगायतका आरोप राजपाले सरकारमाथि लगाएको छ। बेरोजगारी, महँगी र भ्रष्टाचार नियन्त्रण नगरेको, बाढीपीडितलाई राहत नदिएको, निर्मला पन्त बलात्कार लगायत घटनाका अपराधीलाई कारबाही नगरेको, शान्तिसुरक्षा कायम गर्न नसकेको, सन्तुलित परराष्ट्र नीति अबलम्बन नगरेको लगायतका आरोप राजपाले लगाएको छ।